शाहरुखको फ्लप फिल्म ‘जिरो’ले कति कमायो ?

लाेकपाटी न्यूज

नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ समग्रमा फ्लप पुग्यो । फिल्मले हालसम्म ८९ करोड भारु कमाएको अनुमान गरिएको छ । फिल्मले हालसम्म कमाइको मामिलामा कुनै पनि रेकर्ड बनाउन सकेको छैन ।  शाहरुख खानको फिल्म फिल्म ‘जिरो’ संसारभरका ४ हजार ४ सय स्क्रिनमा रिलिज भएको थियो ।

फिल्ममा शाहरुख खान ‘बामपुड्के’को भूमिकामा प्रस्तुत भएका छन् । कट्रिना कैफले सुपरस्टार बबिता कुमारीको भूमिका निभाएकी छन् भने अनुष्का शर्मा एक वैज्ञानिकको रोलमा देखिएकी छन् ।

फिल्ममा सलमान खान, काजोल, करिष्मा, आलियाजस्ता आगन्तुक कलाकारले फिल्मलाई आकर्षक बनाएको देखिन्छ । यस फिल्मलाई विदेशका करिब १ हजार ५ सय हलमा रिलिज गरिएको थियो ।

करिब २ सय करोडको लगानीमा बनेको फिल्मले शुरुआती दिनमा १९ करोड ३५ लाख भारु कलेक्शन गरेको थियो । ‍

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्