क्रिकेटर सागर पुन घाइते

sagar pun
लाेकपाटी न्यूज

काठमाडौँ, ७ पुस । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन । काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार दायाँ खुट्टाको शल्यक्रिया गरिएको छ ।

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब ६ देखि ७ महिना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए ।

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काले बताए । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो ।