अनिश्चितकालसम्म सेयर बजार स्थगित

nepal_stock_exchange
लोकपाटी न्यूज

काठमाडौं, ६ असार। लकडाउन विस्तारै खुकुलो बन्दै गए पनि सेयर बजार कारोबार भने अनिश्चित भएको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले असार ७ गतेदेखि अर्को सूचना नआएसम्मका लागि धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गरेको हो।

नेप्सेले शनिबार सूचना सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डको गत जेठ १ गतेको लकडाउन अवधिभर कारोबार नगर्ने भन्ने निर्देशनलाई निरन्तरता दिन निर्देशन आएकाले बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्म सेयर कारोबार नहुने जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्