काठमाडौं, १५ जेठ। अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सुनचाँदीको बजार मूल्य धैरै फरक भईसकेको अवस्थामा विगत दुई महिनादेखि पूरानै दरभाउ विभिन्न सामाजिक सञ्जालमा देखेकोले उपभोक्ताहरुमा अन्यौलता सिर्जना भएको भन्दै महासंघले सुनचाँदीको मूल्य नियमित प्रकाशन गर्ने भएको हो। महासंघले विज्ञप्तिमार्फत सुनचाँदीको मूल्य नियमित प्रकाशन गर्ने जानकारी दिएको हो।
विज्ञप्तीमा, “अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सुनचाँदीको बजार मूल्य धैरै फरक भैसकेको अवस्थामा विगत दुई महिनादेखि पूरानै दरभाउ बिभिन्न सामाजिक सञ्जालमा देखिरहेकोले उपभोक्ताहरुमा अन्यौलता सिर्जना नहोस् भन्नको लागि नियमित प्रकाशन गर्ने” जनाएको छ।


लोकपाटी न्यूज