काठमाडौं, ६ जेठ। अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्ना केही नीति नियम परिवर्तन गरेको छ।
पूर्व भारतीय क्रिकेटर अनिल कुम्बलेको संयोजत्वमा बसेको क्रिकेट कमिटीको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नयाँ प्रावधानहरु लागू गरेको हो।
क्रिकेट सुचारु भएपछि म्याच बललाई चम्काउनका लागि थुक वा अरु तलर पदार्थहरुको प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो।खेलका बेला मैदानमा अरु सुरक्षा नीतिहरु पनि अपनाइने भएको छ।
यस्तै कमिटीले अन्तर्राष्ट्रिय खेलहरुमा अम्पायर नियुक्तिको नियममा पनि केहि परिवर्तन गरेको छ। सन् २००२ देखि आइसीसीले नै अम्पायर छनोट गर्ने काम गथ्र्यो।जसमा कुनैपनि देशले आफ्नो मैदानमा खेलिरहेको छ भने सो खेलमा त्यहि देशको अम्पायरले खेलाउन नपाउने नियम थियो।
तर अब यो नियम केहि परिवर्तन भएको छ। आइसीसीले टेष्ट र एकदिवसीय खेलमा केहि आफ्नो मातहतमा राखेर केही आयोजक देशलाई पनि अम्पायर छान्ने मौका दिएको छ।



लोकपाटी न्यूज

