चेल्सीले टोटनहमलाई हरायो

Chelsea
लोकपाटी न्यूज

काठमाडौं । प्रिमियर लिगअन्तर्गत लण्डन डर्बीमा टोटनहमलाई चेल्सीले पराजित गरेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २-१ गोलले पराजित भएको हो । निर्धारित समयको अन्त्यतिर रुडीगरले आत्मघाती गोल गरेका थिए ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले एक-एक गोल गरे । टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ४८ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

जितपछि २७ खेलबाट ४४ अंक जोडेको चेल्सीले शीर्ष चारको सम्भावनालाई बढाउदै गएको छ । चौथो स्थानमा रहेको चेल्सीले पाँचौ स्थानमा रहेको टोटनहममाथि ४ अंकको अग्रता कायम गरेको छ । २७ खेलबाट ४० अंक रहेको टोटनहम पाँचौं स्थानमा छ ।