राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने

लोकपाटी न्यूज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।ट्रेजरी बिल आउँदो जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्