काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको स्मृतिमा शुक्रबारबाट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
धापाखेलस्थित नागदाहा तेक्वान्दो डोजाङको आयोजनामा शुक्रबार र शनिबार धापाखेलमै ‘प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो।
करिब चार सय खेलाडीको सहभागिता अपेक्षा गरिएको प्रतियोगिताको प्रकाश दाहालकी पत्नी एवं खानेपानी मन्त्री बिना मगरले उद्घाटन गर्नेछिन्।
नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, रामेछाप, महोत्तरी, गोरखा, रसुवा, चितवन, बारा र कोहलपुरका खेलाडीको सहभागिता रहने बताइएको छ।



लाेकपाटी न्यूज

