पोखरा। पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा पाँचौं खेलमा धनगढी ब्लुजविरुद्ध काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका छन्। यो पिपिएलकै पहिलो शतक हो। ३७ बल खेलेका उनले ८ चौका ९ छक्का हाने।
खराब मौसमका कारण १७ ओभरमा झारिएको खेलमा धनगढी ब्लुजले टस जितेर फिल्डिङ रोजेको थियो। काठमाडौंको ओेपनिङ ब्याटिङमा आएका गौरव तमोर ३ बल खेलेर बिना रन आउट भएका थिए। अर्का ओपनर जयकिशन कोल्सावालाले ३६ बलमा ४६ रन बनाए। उनले ४ चौका २ छक्का हाने।
तेस्रो क्रममा ब्याटिङमा आएका अमित श्रेष्ठले २१ बलमा ३४ रन बनाए। सागर ढकालको बलमा आउट हुनअघि उनले ६ चौका १ छक्का हानेका थिए।
यसअघि दुवै खेल हारेको काठमाडौं आज राम्रो ब्याटिङ गर्न सफल भएको हो। पहिलो खेलमा पोखरासँग ९ विकेटले हारेको काठमाडौं दोस्रोे खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा हारेको थियो। धनगढीले यसअघि विराटनगर टाइटन्सलाई ५ रनले हराएको थियो।



लाेकपाटी न्यूज

