काठमाडौं, २२ मंसिर। नेपाल १३ औं साग फुटबलमा फाइनलमा प्रवेश गरेको छ।आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।
नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो। नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन् सकेन र नेपाल विजयी भएको हो।
अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ। शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो। नेपालले यसअघि तीन पटक साग फुटबलमा स्वर्ण जितेको थियो। पहिलो सस्करण, आठौं संस्करण र बाह्रो संस्करणमा नेपालले स्वर्ण जितेको थियो।



लाेकपाटी न्यूज

