घट्यो सुनको मूल्य तोलामा कति ?

gold
लाेकपाटी न्यूज

काठमाडौं, १० मंसिर। आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ४ सयले घट्दै ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सयले घट्दै ७० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ।
चाँदीको मूल्य पनि घटेको छ। चाँदीको प्रतितोला ८ सय ५०रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्