धनुषा अस्पतालमा तिम्ल्याहा शिशुको जन्म

janakpur
लाेकपाटी न्यूज

जनकपुर, ५ मंसिर । जनकपुरमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन्। आज जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन्।

मंसिर ३ गते सुत्केरी व्यथा लागेपछि उपचारका लागि ल्याइएकी बजरंगकी पत्नीले आज बिहान शल्यक्रियामार्फत् बच्चा जन्माएको धनुषा अस्पतालले जानकारी दिएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार तीन वटै शिशुको तौल २ किलोग्राम भन्दा माथि छ।

प्रत्येक एक मिनेटको अन्तरालमा २ छोरी र १ छोराको जन्म भएको हो। तीन वटा शिशुमध्ये एउटा शिशुको स्वास्थ्य अवस्था केही कमजोर रहेका कारण आईसियुमा राखेर उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्