आजको बिदेशी मुद्राको विनिमयदर कति ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, २ मंसिर। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार ९मंसिर २० जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसै गरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५७ पैसा रहेको छ। यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ। र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।

हेर्नुहोस् विस्तृतमा तालिका

  111

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्