गहना लुट्न कपनमा एक महिलाको हत्या, संलग्न ५ पक्राउ

Murder
लाेकपाटी न्यूज

काठमाडौं, १३ असाेज। कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत रहेका छन् ।

तिनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले हत्याको स्वीकार गरेका छन् ।

एक अनुसन्धान अधिकृतले भने ‘लुट्ने नै उद्देश्यले हत्या गरेको देखिन्छ, महिलासँग एउटा तिलहरी र चार वटा औंठी रहेछ, पक्राउ परेकाहरुबाट औंठी पनि बरामद भएको छ ।’ प्रहरीले पक्राउ परेकाहरुको साथबाट ४५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

ती अनुसन्धान अधिकृतका अनुसार सुरुमा अभियुक्तहरुले महिलालाई वियरमा नशालु पदार्थ मिसाएर खुवाएका थित। ‘तर त्यसले काम नगरेपछि मुख थुनेर हात बाँधेर र घाँटी च्यापेर हत्या गरेको देखिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्