काठमाडाैं, ८ असाेज। शिक्षा मन्त्रालयले मन्त्रालयका विभिन्न विभाग र शाखामा रहेका सहसचिवहरुको सरुवा गरेको छ। शिक्षा मन्त्रालयले एक वर्षभन्दा बढी समय एकै ठाउँमा रहेका १० जना सहसचिवको सरुवा गरेको हो।
मन्त्रालयले यसै वर्ष अनिवार्य अवकाश हुने सम्बन्धित विभाग वा शाखामा एक वर्ष पनि नबिताएका सहसचिवलाई भने यथास्थानमै राखेको मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयले मंगलबार साँझ सहसचिवहरुको सरुवा गरेको हो। जसअन्तर्गत योजना महाशाखामा कमल पोखरेललाई ल्याएको छ। मन्त्रालयका सिनियर उपसचिव रहेका उनी अध्ययन विदामा विदेश गएका थिए।
त्यस्तै दीपक शर्मालाई शिक्षा तथा मानव स्रोत विकाश केन्द्र (शिक्षा विभाग)बाट प्राविधिक शिक्षा महाशाखा (मन्त्रालय)मा ल्याइएको छ। यस्तै योजना महाशाखाका बैकुण्ठ अर्याललाई शिक्षा सेवा आयोगमा ल्याइएको छ भने डा. हरि लम्साललाई प्राविधिक शिक्षा महाशाखाबाट चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ। त्यस्तै केन्द्रीय योजना इकाई (सिएलपीआईयु) का इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा ल्याइएको छ।
यस्तै, शिक्षा आयोगका तुलसी थपलियालाई शिक्षा विभागमा, मन्त्रालयमा रहेका विष्णु अधिकारीलाई शिक्षा विभाग, इभेन्ट परियोजनाका केशव दाहाललाई गुणस्तर परीक्षण केन्द्र, शिक्षा विभागका चुडामणि पौडेल विद्यालय पुनर्निर्माण आयोजना इकाइमा र शिक्षा विभागबाट खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा सरुवा गरिएको हो।



लाेकपाटी न्यूज

