काठमाडाैं, ३ असाेज। चुप्पी डनको नामले चर्चामा रहेका यज्ञ बहादुर कटुवालले अभिनय गरेको छोटो चलचित्र “चुप्पी डन–२” युटूव मार्फत् सार्वजनिक भएको छ। चुप्पी डन, रूद्राक्ष डन तथा चतुरे डन तीन जना डनहरूको मुख्य भूमिका रहेको “चुप्पी डन–२” छोटो चलचित्र पूर्णतया मनोरञ्जनात्मक चलचित्र हो ।
हाम्रो समाजमा रहेका बिभिन्न चरित्र हरूलाइ तीनै जाना डनहरूले निवार्ह गरेका छन् । “चुप्पी डन–२” नेपाली समाजको मौलिक परिवेशमा निर्माण भएको र समाजमा रहेका अनेकौं पात्रहरूको मनोविज्ञानमा आधारित रहेर तयार पारिएको छोटो चलचित्र हो ।अहिलेको समाजमा विभिन्न बालबालिका तथा फरक आचरण र शारीरिक अवस्थलाइ लिएर राम्रो काम पनि नभएका होइनन् तर उनिहरूका नाममा कतिपय ब्यक्तिहरूले कमाइ खाने भाडो पनि बनाएका छन् भन्ने कुरालाइ हास्य शैलीमा प्रस्तुत गरिएको छ ।
“चुप्पी डन–२” शीर्ष भूमिकामा यज्ञ बहादुर कटुवाल छन भने उनको प्रतिदन्दी भुमिकामा रूद्राक्ष लिम्बु र मनोज खत्री रहेका छन्। अन्य कलाकारहरूमा भवानी अधिकारी, मोती दाहाल, शर्मिला कोइराला, सुवास अधिकारी, मनिस खत्री, केशव कार्की, ज्ञानेन्द्र कोइरालाको साथमा बाल कलाकार सर्बज्ञान कोइराला, सुमिरन श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
उक्त छाेटाे चलचित्रमा मनाेज खत्रीको लेखन रहेकाे छ भने तिलक रिजालको छायांकन रहेकाे छ। चलचित्रकाे सम्पादन र निर्देशन ज्ञानेन्द्र कोइरालाले गरेका छन्।
हेर्नुहोस् यो “चुप्पी डन–२” को भिडियोः



लाेकपाटी न्यूज

