स्टार श्रेष्ठ/ युएई, ३ असोज । संविधान दिवसको अवसरमा संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा झलमलाइने भएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज शुक्रबार साँझ ९ः१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमलाइने (लाईट अप) गरिने नेपाली दुतावास आबुधाबी युएईले जनाएको छ।
युएईका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकालले यसको लागि सम्बन्धित पक्षसँग आफूले सक्दो प्रयास गर्ने पहिले नै जानकारी दिएका थिए।
बुर्ज खलिफामा अहिले सम्म नेपाली राष्ट्रिय झण्डा झलमलाएको थिएन।भिजिट नेपाल नजिकिँदै गर्दा यस किसिमको कार्यले सकारात्मक प्रभाव अवश्य पार्ने देखिन्छ।



लाेकपाटी न्यूज

