चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

लाेकपाटी न्यूज

काठमाडौं, ३ असाेज। चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी साे फिल्मको ट्रेलर सार्वजनिक गरिएकाे हाे।

दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ ।

यस्तै, चलचित्रमा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल, अनुराग कुँवर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको स्किृप्ट दीपकराज गिरीले तयार पारेका हुन् भने हरि हुमागाईंले खिचेका हुन् । रोहित अधिकारीको लगानी रहेको यो चलचित्र कमेडी जानरामा निर्माण भएको हो । चलचित्र दशैँको अवसर पारेर यही असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिडियाे पनि हेर्नुस्ः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्