काठमाडौं, २७भदौ । रोल्पामा पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा रहेका छन्।
पहिरोमा परेर श्रीकुमारीको ३८ वर्षीय जेठाजू जय बुढासहित बुढाका श्रीमती र दुई छोरीको पनि मृत्यु भएको छ। बुढाका ३६ वर्षीया श्रीमती मूल ज्योति, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी लिलाराम आचार्यले जानकारी दिए।
आचार्यका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले बिहानमात्रै थाहा पाएका थिए। पहिरोमा पुरिएका श्रीकुमारी बुढा र उनको ४ वर्षीय छोरा असलको शव बिहान निकालिएको थियो। श्रीकुमारीको जेठाजूसहितको ४ जना सदस्यको शव भने दिउँसो निकालिएको हो।



लाेकपाटी न्यूज
