काठमाडौं, २१ भदौ। स्पेनिस क्लब बार्सिलोनाले जनवरी ट्रान्सफरमा पेरिस सेन्ट जर्मनका फर्वार्ड नेयमारलाई क्लवमा नभित्र्याउने भएको छ। क्लवका अध्यक्ष जसेप मारिया बार्टोमेउले जनवरीमा नेयमारसँग सम्झौता हुने सम्भावना नरहेको जनाएका हुन्।
यो सिजनका लागि स्क्वार्ड तयार भईसकेको भन्दै नेयमारलाई जनवरि ट्रान्फरबाट ल्याउने योजना नभएको बताए। स्पेनिस वाईन्ट बार्साले ब्राजिलियन स्टारलाई पुन न्यू क्याम्पमा नै लैजानकालागि निकै मिहेनत गरेपनि सफल हुन सकेन।
२०१७ मा पिएसजिले २०५ मिलियन पाउण्डमा बार्सावाट लैजादा नेयमार सबै भन्दा महँगा खेलाडी बनेका छन्। उनले फ्रेन्च च्याम्पियनको तर्फबाट दुई सिजनमा ३४ गोल गरेका थिए ।



लाेकपाटी न्यूज

