काठमाडौं, ९ भदौ। सुनको मूल्यले सोमबार नयाँ रेकर्ड कायम गरेको छ। तोलामा एक हजारले बढेर सुनको मूल्य सोमबार ७३ हजार ५०० मा पुगको हो। आइतबार पनि सुनको मूल्यले नयाँ रेकड कायम गरेको थियो।
सोमबार तेजावी सुन ७३ हजार २०० मा तोकिएको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर उकालो लाग्यो यो अवस्थामा आइपुगेको हो। आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ सुन कारोबार भएको थियो।
शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो। यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ।



लाेकपाटी न्यूज