जिप दुर्घटनामा परी तीन जनाको मृत्यु

jip durghatna
लाेकपाटी न्यूज

अछाम, ५ भदौ। अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बेलुका सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज ९९५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल खसेको अछाम प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा जिपमा सवार बान्नीगढी जयगढ ४ का ३८ वर्षीय कालु सिंह आउजी, सोही ठाउँका ३५ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका ३ का २२ बर्षीय लाल बहादुर बोहोरा रहेका छन्। बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

उजी र परियारको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।प्रहरीका अनुसार चालकसहित तीन जना भने घाइते भएका छन् ।घाइतेहरुको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्