नेपाल आउँदै सन्नी लियोनी

Sanni Liyoni
लाेकपाटी न्यूज

काठमाडौं, ४ भदौ। पोनस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। सन्नीले एक भिडियोमार्फत आफू नेपाल आउन लागेको बताएकी छिन्।

आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरमा उनी नेपाल आउने भएकी हुन्। भिडियोमार्फत उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल आउन लागेको बताएकी छिन्। भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’ मा सन्नी लियोनीको एक आइटम गीत समावेश छ।

काठमाडौंमा उनी ३ दिनसम्म बस्ने फिल्म टिमले जनाएको छ।उनले फिल्मको प्रचारमा समेत समय दिने जनाइएको छ। उनले ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी भिडियोमार्फत गराएकी छिन्।

‘पासवर्ड’ मा सम्राट बस्नेतको निर्देशन छ। एक्सन थ्रीलर भनिएको यो फिल्ममा अनुपविक्रम शाही, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्मको छायांकन लण्डनमा गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्