काठमाडौं, २९ साउन। विश्व फुटबल महासंघ (फिफा) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई कारवाही गरेको छ। खेलाडी अनुबन्ध गर्दा फिफाको नियमविपरित गरेको भन्दै फिफाले कारवाही गरेको हो।
नियमविपरीत खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले सिटीलाई तीन लाख ७० हजार स्वीस फ्रान्क जरिवाना लगाएको छ। फिफाको नियममा १९ वर्ष माथिका खेलाडीमात्रै अनुबन्ध गर्न पाउने प्रावधान छ।
तर सिटीले भने १८ वर्षका खेलाडीलाई अनुबन्ध गरेको भन्दै फिफाले कारवाही गरेको हो। यसअघि चेल्सीले पनि कम उमेरका खेलाडीलाई अनुबन्ध गरेको आरोपमा फिफाबाट दुई वर्ष प्रतिबन्ध भोगेको थियो। तर सिटी भने प्रतिबन्धबाट जोगिएको छ।



लाेकपाटी न्यूज

