कम्युनिटी शिल्डको उपाधि सिटीलाई

4
लाेकपाटी न्यूज

एजेन्सी, २० साउन। लिभरपुललाई हराउँदै सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ। लण्डनको वेम्ली रंगशालामा भएको खेलमा लिभरपुललाई पेनाल्टिमा पराजित गर्दै सिटीले सिल्ड जितेको हो।

लिभरपुललाई पेनाल्टीमा ५–४ ले हराउँदै सिटीले सिजनको चौथो उपाधि जितेको छ।जर्जि्नियो विजनाल्डमको पेनाल्टी प्रहार सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले रोक्नु भन्दा पहिला ग्राविलय जिससले विजयी गोल गरेका थिए।

निर्धा्रित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। खेलको शुरुवाती १२औं मिनेटमा नै रहिम स्टर्लिङले गोल गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७७ औं मिनेटमा लिभरपुलका लागि जोलद माटिपले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।