काठमाडौं, १८ साउन। काठमाडौंकाे चन्द्रागिरी नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर १५.८७ ग्रामसहित कैलाली टिकापुर नगरपालिका–९ का २५ वर्षीय धिरेन्द्र बटालालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ६४०६ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले बसमा सवार बटालालाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंकै दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन ६५ एम्पुल, नोर्फिन ६५ एम्पुल र डाइजेपाम ५३ एम्पुलसहित पर्सा वीरगंज बस्ने सर्लाही बलरा नगरपालिका–१ का २३ वर्षीय रमेश कापरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै ललितपुर महानगरपालिका–४ धोबीघाटबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ८५ ग्राम सहित काठमाडौं कीर्तिपुर बस्ने २० वर्षीय उजेन महर्जन र बझाङ घर भएका २५ वर्षीय सन्तोष बहादुर सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३–०२–००२ प ८९४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै भक्तपुरकाे सूर्यविनायक–८ सिपाडोलबाट नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, नोर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल र सिरिन्ज २ थानसहित सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २५ वर्षीय राज श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै बर्दियाकाे गुलरिया नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–१ छेदापुर बस्ने १९ वर्षीय बिनय लोहारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे ६ प १७५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

