मुग्लिन, १८ साउन । चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ।
नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत भरतपुर महानगरपालिका २९ सेतीदोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख २२८४ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२प ६५४२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका ३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारकाक्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकलचालक २७ वर्षीय निदेश नेपाल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
