पहिरोले घर बगाउँदा आमा-छोरीको ज्यान गयो

pahiro
सांकेतिक तस्बिर
लाेकपाटी न्यूज

बाजुरा, १७ साउन । बाजुराको गौमुल गाउँपालिका ६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बिहीबार राति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमूख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

निरुता र निस्मिता आमा-छोरी हुन्। पहिरोले बगाउँदा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएका छन्। अन्य चार जना घाइतेको अवस्था सामान्य छ। पहिरो गएको स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै आफू पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायव उपरीक्षक भाटले जानकारी दिए।

घटनास्थल सदरमुकाम बाजुराबाट करिब ४ घण्टाको पैदल दुरीमा छ। वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकारी दिए। जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको जोखिममा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्