पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु

Melamchi-pipeline pic
लाेकपाटी न्यूज

काठमाडौं, १७ साउन । मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ। काठमाडौं १६ बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा मजदुरको मृत्यु भएको हो।

घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूको मृत्यु भएको पुष्टि गरे। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको एसएसपी ज्ञवालीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्