कति पुग्यो आज डलरको भाउ ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाण्डौं, १६ साउन। बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तोकको छ।

हिजो खरिददर खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा थियो। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ। बुधबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा थियो।

यस्तै बिहीबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा तोकेको छ।
हिजो खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा थियो। यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ।

मंगलबार यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८ पैसा थियो। यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा तोकिएको छ।

बुधबार यसको १ को खरिददर २६ रुपैयाँ ६४ पैसा र बिक्रीदर २६ रुपैयाँ ७८ पैसा थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा पुगेको छ।  हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो।

यस्तै कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५३ पैसा तोकेको छ। हिजो यसको १ को खरिददर ३६० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८४ पैसा थियो।

बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ २५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा छ। हिजो बुधबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९३ रुपैयाँ ६पैसा रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्