सुनकाे मूल्य बढ्याे, कति पुग्याे ?

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, १५ साउन । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेर ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ६५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

चाँदीको मूल्य समेत प्रतितोला पाँच रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्