काठमाडौं, १४ साउन । जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन्। उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताएका हुन्।
मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन्। पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस पुगेका थिए ।
‘मैले मड्रिडखमा हासिल गरेको उपलब्धी पाएसँगै आफुलाई मोटिभेसन गरेर अगाडि बढेको हुँ,’ रोनाल्डोले भने,‘म सँग अझै पनि जित्ने शक्ति छ।’ रोनाल्डो इटालीयन क्लब पुगेपछि युभेन्टसले च्याम्पियन्स लिग जीत्ने बताइएको थियो।
तर, गएको सिजनमा त्यो सफल हुन सकेन। यहि विषयलाई रोनाल्डोले पनि ब्युताएका छन्। उनी भन्छन्,‘युभेन्ट्सले च्याम्पियन्स लिग जित्छ। तर, यो सिजनमा जित्छ अथवा अर्को सिजनमा जित्छ म भन्न सक्दिन्।’



लाेकपाटी न्यूज

