काठमाडौं, ९ साउन । एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरिएको छ। एथ्लेटिको मड्रिडले आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेका हुन्।
एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएको ला लिगाका अध्यक्ष जाभियर टेबसले भनेका छन्। बार्सिलोनाले केही दिनअघि मात्रै २८ वर्षीय ग्रिजम्यानलाई आफ्नो क्लबमा भित्र्याएको थियो।
ग्रिजम्यानलाई बार्सिलोनाले १ सय ८ मिलियन पाउन्डको रिलिज क्लाजमा अनुबन्ध गरेको थियो। तर एथ्लेटिकोले भने १ सय ८० मिलियन पाउण्डको रिलिज क्लज १ सय ८ मिलियन पाउण्डमा घटाएको भन्दै दर्ता रोक्न माग गरेको हो।
जुलाई एकअघि नै बार्सिलोनासँग सहमति भएको कारण अहिले दिएको रकम अपुग भएको एथ्लेटिको दाबी छ। यता, ग्रिजम्यानले भने बार्सिलोना आएर पनि मैत्रीपूर्ण खेल खेलिसकेका छन्। चेल्सीसँग भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना २/१ गोलले हारेको थियो।



लाेकपाटी न्यूज

