घट्यो सुनको भाउ

लाेकपाटी न्यूज

काठमाण्डौं, ५ साउन। हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ। सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रति औंश १४ सय ४३ डलरमा कारोबार भएको सुन आइतबार १४ सय २६ डलरमा झरेको हो। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्