काठमाडौं, २७ असार । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ।मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमूख एसएसपी उत्तमराज सुवेदीले अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको जनाकारी दिए। काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन्।



लाेकपाटी न्यूज
