बदामले गर्ने हानीहरु के–के छन् ?

Plain-Badam
लाेकपाटी न्यूज

काठमाडौं। हाडे बदाम एक मसलाको प्रकार हो, जुन खानमा स्वादिष्ट हुनुका साथै हाम्रो शरीरका लागि पनि फाइदाजनक हुन्छ। हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस, म्याग्नेशियम, भिटामिन इ, एन्टीशक्सिडेन्ट तथा फाइटोस्टेरोल जस्ता पोषक तत्वको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गरेर ट्युमर र क्यान्सरलाई नियन्त्रण गर्छ।

बदाममा पाइने पोषणयुक्त फाइबरले पाचन प्रक्रियालाई सक्रिय बनाएर छालामा हुने अत्यधिक तेललाई निकाली छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउछ। नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन। शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउन मद्दत गर्छ।

धेरैजसोले आफ्नो दिमाग तेज बनाउनका निम्ति बदामको सेवन गरेको पाइन्छ। तर, कुनै कुनै अवस्थामा भने बदाम स्वास्थ्यकर हुदा हुदै पनि हाम्रो शरीरमा बिषको काम गरिरहेको हुन्छ। हाम्रो शरीरमा विभिन्न रोग लागेको बेलामा हामीले बदामको सेवन गर्नु उचित हुँदैन। र, यसबारे धेरै जसोलाई थाहा नहुने हुदा हामीले अञ्जानमा आफूलाई हानी पुर्याइरहेका हुन्छौं।

यसमा फाइबरको मात्रा धेर हुने भएको कारणले एसिडिटी, अपच तथा ग्यास्ट्रिक भएको बेलामा सेवन गर्नु उचित हुँदैन। यसले अझ गम्भीर समस्या उत्पन्न गराउन सक्छ। मोटोपनाको समस्याले चिन्तित हुनु हुन्छ भने बदामको सेवन गर्नु हुँदैन। यसमा क्यालरी र फ्याटको मात्रा निकै धेरै हुने भएको कारणले यसले अझ तौल बढाउने गर्छ।

उक्त रक्त चापको समस्या छ वा उक्तरक्त चाप नियन्त्रण गर्ने औषधिको सेवन गरिरहनुभएको छ भने बदामको सेवन नगरेको नै ठिक हुन्छ। यस्तो समयमा बदामको सेवन गरेमा हाम्रो स्वास्थ्य समस्या अझ बढ्न सक्छ। यदि पित्तथैलीको समस्या वा मृगौला सम्बन्धि कुनै पनि समस्या छ भने यस्तो समयमा बदामको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने पाइएको छ।

स्वास्थ्य छु भनेर नियमित रुपमा धेरै बदामको सेवन पनि गर्नु हुँदैन। दैनिक ५ देखि १० वटासम्म सेवन गर्दा हाम्रो शरीरमा त्यस्तो खासै कुनै असर भने देखाउने गर्दैन। दुब्लो हुनुहुन्छ भने बदामको नियमित सेवन गर्नाले हाम्रो तौल नियन्त्रणमा आउने गर्छ। तर, आवश्यकता भन्दा बढी यसको सेवनले हाम्रो स्वास्थ्यलाई हानी पुर्याउँछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्