सर्लाही, २४ असार । उपचार गर्न ल्याइएकी एक बालिकाको मृत्यु भएपछि सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड भएको छ।
सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका ९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदा बुढाथोकीको मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।
तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ। बालिकको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल परिसरमा जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरी मध्यराती मात्रै मृतकको शव आफन्तलाई बुझाएका थिए।



लाेकपाटी न्यूज

