आईसीसी विश्वकप : आज भारत र श्रीलंका भिड्दै

Cricket
लाेकपाटी न्यूज

काठमाडौं, २१ असार । आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ।
भारत यो खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरिसकेको छ।

श्रीलंका भने यो खेलमा जीत हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा हुनेछ। सेमिफाइनलको खेल अगाडी गल्तीहरु सच्चाउन श्रीलंकाविरुद्वको खेल भारतलाई लाभ हुनेछ।

लड्समा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ३ बजे शुरु हुनेछ। यता श्रीलंका विश्वकपमा आफ्नो खराब प्रर्दशन भुल्न चाहन्छ श्रीलंकाका ब्याट्सम्यान मुख्य गरि आलोचित छन्।