पोखरीमा डुबेर यादवका दिदीबहिनीको मृत्यु

लाेकपाटी न्यूज

सिरहा, २१ असार । सिरहाको लक्ष्मीपुर गाउँपालिक ४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ।

वडा नं. ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्