अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ५ घाइते

jip durghatna
लाेकपाटी न्यूज

अर्घाखाँची, १९ असार । अर्घाखाँचीको सन्धीखर्क ७ टुपा देउराली मन्दिर छेऊमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको हो।

घटनामा घाइते भएकाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलिसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्