ट्रक र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

Accidents
लाेकपाटी न्यूज

कावासोती, १६ असार । पूव-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती ८ स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका ७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखरेलको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएकोमा दुबै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्