प्रयुषाको स्वरमा ‘मेरी बहिनी’ बालगीत सार्वजनिक

लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । प्रयुषा न्यौपानेको सुमधुर स्वर रहेको बालगीत ‘मेरी बहिनी’ सार्वजनिक भएको छ । उक्त गीतलाई ओएसआर डिजिटलले भर्खरै बजारमा ल्याएको हो ।

गीतको रचना आयुष्मा तिवारीले गरेकी हुन् । उनका मार्मिक र अर्थपूर्ण शब्दहरुले सुसज्जित गीतमा प्रयुषा न्यौपानेले स्वर दिएकी छन्। आदिमा तीवारीको प्रस्तुति रहेको उक्त गीतको संगीत संयोजन पुरुषोत्तम न्यौपानेको रहेको छ ।

मिलन श्रेष्ठ र केशव पाण्डेको एनिमेसन रहेको उक्त गीत मञ्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्