धादिङमा जीप दुर्घटना, ४ को मृत्यु (नामसहित)

Jeep_accident
लाेकपाटी न्यूज

धादिङ, ६ असार । धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका ४ जनाकाे मृत्यु भएकाे छ।  मृत्यु हुने ४ जनाकै पहिचान पनि खेलेकाे छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको गल्ची गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, कार्कीडाँडाकै ३२ वर्षका सेतु मिजार, गल्ची–६ बाँझगाउँका ३० वर्षीया कान्छी भुजेल र बाँझगाउकै २५ वर्षीया नानु तामाङ रहेका छन् ।

गल्छी गाउँपालिका–४ कार्कीडाँडाबाट पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना परेको थियो । बैरेनीबाट करिब ५ किलोमिटर भित्र कच्ची सडकमा भएको दुर्घटनामा १० जना घाइते भएका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीपमा करिब १८ जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्