कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव

nijamati karmachari 01
लाेकपाटी न्यूज

काठमाडाैं, २२ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरेका छन्। उनले विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको व्यवस्था कानूनी रूपमै राख्न प्रस्ताव गरेका हुन्।

संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै उनले कर्मचारीलाई हप्तामा ४० घण्टा नघट्ने गरी काम लगाउनु उचित हुने उल्लेख गरेका छन्। अहिले निजामती कर्मचारीले सातामा एक दिनमात्रै बिदा पाउँदै आएका छन्।

उनले निजामती सेवाका कर्मचारीलाई सेवा अवधिमा आवश्यक अनुमति लिई बढीमा १० वर्षसम्म संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा सोही प्रकृतिका अन्तर्राष्ट्रिय संस्थामा काम गर्न सक्नेगरी बिदा दिन समेत प्रस्ताव राखेका छन्।

हाल निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा छ। सांसदहरूले समितिमा सरकारका सचिव र मुख्यसचिव नै करारमा राख्नुपर्ने लबिङ गर्दै आएका छन्।

सांसदहरूले ध्रुमपान, सूर्तीजन्य पदार्थ सेवन र मदिरापान गर्ने व्यक्तिलाई निजामती कर्मचारी बन्न अयोग्य बनाउन समेत प्रस्ताव गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्