तेक्वान्दाे संघकाे अध्यक्षमा फेरि शिव काेइराला

Shiva Koirala Jwala
लाेकपाटी न्यूज

काठमाडाैं, २० जेठ। तेक्वान्दाे संघकाे अध्यक्षमा फेरि शिव काेइराला निर्वाचित भएका छन्।  राष्ट्रिय तेक्वान्दो संघको आइतबार  सम्पन्न साधारण सभाले कोइरालालाई पुन: अध्यक्षमा निर्वाचित गरेकाे हाे।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा एकनाथ थापा, अर्का उपाध्यक्षमा जनक प्रसाद बर्तौला, महासचिवमा पुनः राजकुमार कार्की, सचिवमा राकेश कुमार राई र शनिस लागेजु तथा कोषाध्यक्षमा पदम राना निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा विकाश श्रेष्ठ, मनोज कुमार सिंह, धिरेद्र सिंह कठायत, द्वारिका रेग्मी, गौतममान मर्हजन, महम्मद सागी शेख, बुद्धिबहादुर थापामगर, प्रेमबहादुर भुजेल, सुनिता मैनाली र राजेश लामा रहेका छन् ।

साधारण सभामा ४९ जिल्लाका दुई/दुई प्रतिनिधि, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरी कुल १५३ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साधारण सभाको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरेका थिए ।