चौकी आक्रमण प्रयास : यस्ता छन् सुरक्षा समितिका निर्णय

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ। विप्लव समूहले चौकी आक्रमणको प्रयास गरेपछि सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।

सोलुखुम्बुका प्रमूख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधिमाथि निगरानी बढाउने निर्णय गरेको जानकारी दिए। बैठकमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।

आइतबार राति विप्लवका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न प्रयास गरेका थिए ।

राति १२ बजेको समयमा २५–३० जना विप्लव माओवादी कार्यकर्ता चौकी कब्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ ।

स्थानीयले विप्लवका कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले छेस्काममा विप्लव समूहको गतिविधि बढेकाले जिल्लाबाट थप टोली पठाइएको बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्