को हुन् नेयमार ? फुटबलर नेयमारको संक्षिप्त जीवनी

Neymar
उनले थुपै पुरस्कारहरु जिते जस्तै कैम्पैओनाटो, पौलिस्टा, कोपा डो ब्राजिल कोपा लिवर्टाडोरस, कोपा सुदामेरिकाना, ला लीगा, कोपा डेलरे, सुपर कोपा डे एस्पना, थुइएफए चैपियस लिग, यूईएफए सुपर कप, फीफा क्लव वल्र्ड कप आदि मूख्य छन्।
लाेकपाटी न्यूज

– लाेकेन्द्र पाण्डेय

नेयमार ब्राजिलका प्रोफेसनल फुटबल खेलाडी हुन्। उनी पेरिस क्लव पि.एस.जी. तथा ब्राजिल टीमका फरवार्ड एवं विगरका रुपमा खेल्छन्। उनी ब्राजिल टिमका कप्तान पनि हुन्। उनी विश्वका एक उत्कृष्ट फुटबलरका रुपमा चिनिन्छन्। उनले सानै उमेरदेखि फुटबल खेलमा रुचि देखाएर अहिले विश्वकै उत्कृष्ट खेलाडी बने।

नेयमारको जन्म ब्राजिलको मोगी दास कजेसमा ५ फेव्रवरी १९९२ मा भएको हो। उनको पूरा नाम नेमार डा.सिल्वा सन्टोस जूनियर हो। उनी ब्राजिलका पूर्व फुटबल खेलाडी नेमार सन्टोस सीनियर र नदिने दा सिल्वाका छोरा हुन्। उनकी पत्नीको नाम केरोलिना डेन्टस हो। उनको एउटा छोरा पनि छ। डेविड लुक्ला,उनी अहिले प्रतिवर्ष ३६.८ मिलियन यूरो कमाउँछन्।

नेमारको शुरुवाती जीवन

सन् १९९९ मा नेमारले पोर्तुर्गुसा संस्तिा टिमको युथ रेंक्सको प्रतिनिधित्व गर्न शुरु गरे। त्यसपछि उनी साओ विसेट शहर गए। त्यहाँ गएको केही वर्षभित्र उनी सबैभन्दा बढी सम्मानित थंग ट्यालेन्टमा एक बने। ११ वर्षको उमेरमा उनले प्रसिद्ध ब्राजिलियन क्लव एफसी सन्टोस डवइन गरे। उनले १७ वर्षको उमेरमा एफसी सन्टोस क्लवसँग पहिलो सिनियर कन्ट्रयाटमा हस्ताक्षर गरे। यसरी नै उनको शुरुआती जीवनमा खेलप्रति लगाब गर्दै गए।

नेयमारको अन्तर्राष्ट्रिय करियर

सन् २०१० मा भएको विश्वकपमा उनले संयुक्त राष्ट्र अमेरिकासँग खेलेर आफनो अन्र्तराष्ट्रिय करियरको शुरुआत गरे। त्यतिवेला उनी १८ वर्षका थिए र उनले त्यस खेलमा एक गोल पनि गरे। सन् २०१२ मा भएको लण्डन ओलम्पिक खेलमा उनी ब्राजिल टिममा नामित भए र ब्राजिललाई फाइनलमा लैजान ठूलो योगदान दिए। उनले सन् २०१३ मा एफसी बार्सिलोनासँग हस्ताक्षर गरे। उनले पहिलो सिजनमा ४१ खेलमा १५गोल गरे जसमध्ये ९ गोल ला लीगामा,४ गोल चैंपियंस लिगमा र १ गोल स्वेनिश सुपर कपमा गरे।

उनले अजाक्ससँग खेल्दै उनले यूसिएलमा शुरुआत गरे र त्यही खेलमा उनले सेल्टिकसँग खेल्दै आफनो करियरको पहिलो ह्याटिक गरे। सन् २०१४-१५ उनको सफल सिजन रह्यो । त्यस सिजनमा उनले ४३ गोल गर्दै मेस्सीपछिको दोश्रो टप स्कोरर बने। त्यसपछि उनी अहिले पेस्सि क्लव पि.एसबाट खेल्छन्।

नेयमारको उपाधि र रिक्टस

सन् २०११ मा उनी ‘योङ्ग सकर प्लेयर अफ द इयर’को पुरस्कार जिते र त्यही वर्ष उनी सर्वश्रेष्ठ गोल गरेर फिफा पुस्कास अवार्ड जिते। उनले च्याम्पियन्स लिगमा १० गोल गरेर टप स्कोररमा सामिल भए। उनले थुपै पुरस्कारहरु जिते जस्तै कैम्पैओनाटो, पौलिस्टा, कोपा डो ब्राजिल कोपा लिवर्टाडोरस, कोपा सुदामेरिकाना, ला लीगा, कोपा डेलरे, सुपर कोपा डे एस्पना, थुइएफए चैपियस लिग, यूईएफए सुपर कप, फीफा क्लव वल्र्ड कप आदि मूख्य छन्।