नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा उद्घाटन

लाेकपाटी न्यूज

कास्की, ९ जेठ । नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा आज उद्घाटन भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नंं २७ तालचोक लेखनाथ स्थित तालचोक शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख श्री मान बहादुर जि.सि. र नेपाल बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री कृण्ण बहादुर अधिकारीवाट संयुक्त रुपमा आज मिति २०७६ जेष्ठ ०९ गते भब्य समारोहका बीच समुद्घाटन भएको हो।

विभिन्न उद्योगी व्यवसायीहरु, स्थानीय समाजसेवीहरु, विभिन्न संघ संस्थाका प्रमूखहरु, साथै स्थानीय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी बाबुराम गिरी लगायतले देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक समेत बन्ने शुभकामना प्रदान गरे ।

हाल गण्डकी प्रदेशका गोर्खा जिल्ला बाहेकका सम्पूर्ण जिल्लाहरुमा विभिन्न २० वटा शाखाहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका विभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोमा निकट भविष्यमा गोर्खा जिल्लासहित गण्डकी प्रदेशका अन्य विभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुदा बैंकले आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै लैजानेछ ।