एन्फा महिला लिगमा एपिएफ क्लब बिजयी

Mahilaleague_apf-pic
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंमा जारी एन्फा महिला लिगमा नेपाल एपिएफ क्लब बिजयी भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन भने आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन्।

जारी लिगमा एपीएफको यो पहिलो जित हो। पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो। आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।