काठमाडौं। साफ यु–२० च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पाहुना टोली बंगलादेशविरुद्ध पछि परेको छ। एन्फा कम्प्लेक सातदोबाटोमा जारी पहिलो हाफको समाप्तिमा नेपाल एक गोलले पछि परेको हो।
बंगलादेशका लागि मिराजुल इस्लामले फ्रि-किकमा गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सुन्दर फ्रि किक गोल गरे। नेपाली डिफेन्डर नीरज कार्कीले खराब ट्याकल गरेका थिए। प्राप्त फ्रिककमा मिराजुल पहिलो हार च्याप्दै प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भयो। त्यसअघि खेलको २१औँ मिनेटमा डि बक्सबाट निराजन धामीले दिएको क्रस पासलाई अविनाश स्याङ्तानको प्रहार राम्रो हुन सकेन।



लोकपाटी न्यूज

